इन्स्टाग्राममा फलोअर्स बढाउने ५ तरिका

सोसल मिडियामा आफूलाई पछ्याउनेहरुको संख्या तिव्र रुपमा बढुन् भन्ने चाहना कसको नहोला र ? कतिपय सेलिब्रेटीले त आफ्नो इन्स्टाग्राम लगायतका सोसल मिडियाका फलोअर्सको संख्या बढाउनकै लागि जनसम्पर्क कम्पनीहरु समेत भाडामा लिने गर्दछन् ।यदि तपाइँ पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा फलोअर्सको संख्या बढोस् भन्ने चाहनुहुन्छ तर कुनै पिआर कम्पनी खटाउने क्षमता छैन भने यसको लागि यी ५ सजिलो तरिकाहरु अपनाउन सक्नुहुन्छ :

१. गुणस्तरीय सामाग्री हुनु जरुरी : इन्स्टाग्राममा बढि भन्दा बढि फलोअर्स बनाउनका लागि तपाइँले पोष्टिने सामाग्रीहरुको गुणस्तरले ठूलो भूमिका खेल्दछ । यसका लागि तपाइँले विभिन्न खाले फिल्टर्सको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसबाट तपाइँको अकाउन्टमा धेरै भन्दा धेरै अडिएन्स इन्गेज हुन्छन् । यस बाहेक तपाइँले इन्स्टाग्राममा आफ्ना पोष्टहरुको निरन्तरता कायम गर्नुपर्दछ । अर्थात् लामो समयसम्म इन्स्टाग्रामबाट हराउनु भयो भने तपाइँका फलोअर्स बढ्ने छैनन् । त्यसैले निरन्तर रुपमा उत्कृष्ट तस्वीर तथा सामाग्रीहरु पोष्ट गर्नु इन्स्टाग्राममा फलोअर्स बढाउने सबैभन्दा पहिलो उपाय हो ।
२. ह्यासट्यागको सही प्रयोग : इन्स्टाग्राममा पोष्ट गर्नेबेला कस्तो ह्यासट्याग प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनु पर्दछ । यसले तपाइँको पोष्टको भिजिबिलिटीमा असर पार्दछ । त्यसैले आफ्ना इन्स्टाग्राम पोष्टमा लोकपि्रय तथा ट्रेण्डिङ्ग ह्यासट्याग प्रयोग गर्नुपर्दछ । साथै अनावश्यक ह्यासट्याग प्रयोग गर्नबाट बँच्नुपर्दछ ।
३. पेज अप्टिमाइजेसन : यदि तपाइँ कुनै ब्राण्डलाई इन्स्टाग्राममा प्रवर्द्धन गर्न चाहनुहुन्छ वा कुनै जानकारी धेरै भन्दा धेरै मानिसहरुसम्म पुगोस् भन्ने चाहनुहुन्छ भने तपाइँका फलोअर्सको संख्या अधिक हुनु आवश्यक हुन्छ । यसका लागि तपाइँले आफ्नो इन्स्टाग्राम अकाउन्टलाई अप्टिमाइजेसन गर्न सक्नुहुन्छ । यसमा ब्राण्ड लोगो, डिस्प्लेको तस्वीर आदि राख्नु जरुरी हुन्छ । यसका साथै आफ्नो प्रोफाइललाई प्रयोगकर्ताका लागि पब्लिक गराइदिनु पर्दछ । बायोमा आफु स्वयं वा आफ्नो कुनै ब्राण्डसँग सम्बन्धित ब्लग वा वेबसाइट पेजको लिंक दिन सकिन्छ ।
४. इन्स्टाग्राम लिंक अन्य सोसल मिडियामा पनि जोडिदिने : इन्स्टाग्राममा तपाइँ जे पोष्ट गर्नुहुन्छ त्यसको ब्याकलिंक तपाइँले आफ्नो फेसबुक, टि्वटर अकाउन्ट लगायतका सोसल मिडियामा पनि पोष्ट गरिदिनुस् । यसबाट तपाइँप्रति मानिसहरुको ध्यान आकषिर्त हुनेछ । यो आफ्ना फलोअर्सलाई अन्य प्लेटर्फमबाट समेत फलो गर्नका लागि आमन्त्रित गर्ने माध्यम हुनेछ ।
५.प्रभावशाली व्यक्तिसँगको सम्पर्क : आफ्नो बजारसँग सम्बन्धित मानिसहरुसँग इन्स्टाग्राममा जोडिइरहनुहोस् र सम्वादको सिलसिला कायम राख्नुहोस् । उनीहरुको पोष्टलाई लाइक गर्ने तथा कमेन्ट गर्ने गर्नुहोस् । यसो गर्दा तपाइँ ती प्रभावशाली तथा धेरै फलोअर्स भएका प्रयोगकर्ताको नजरमा पर्नुहुनेछ । कुनै न कुनै दिन त्यो प्रभावशाली प्रयोगकर्ताले तपाइँ वा तपाइँको कुनै ब्राण्डलाई प्रवर्द्धन गर्न सहयोग गर्नेछ । त्यसो भयो भने तपाइँको इन्स्टाग्रामको पोष्ट धेरै मानिससम्म पुग्नेछ र तपाइँका फलोअर्सको संख्या निकै बढ्नेछ । एजेन्सीको सहयोगमा

कब्जियत भएकाहरूले के गर्ने ? के नगर्ने ?

खाने व्यवहारमा अनियमितता हुँदा पेट दुख्ने समस्या हुन्छ । त्यति मात्रै होइन कब्जियत समेत हुन्छ । कब्जियत भयो भने समस्या हुन्छ ।

कब्जियत निको पार्ने बहानामा जथाभावी चूर्णको प्रयोग गर्नु हुँदैन । त्यस्ता चिजले एकपटक त आराम दिन्छ, तर पटक–पटक यसको प्रयोग गर्दा आन्द्रा कमजोर हुन थाल्छ ।

दिसा गर्नकै लागि पनि औषधिको प्रयोग गर्नु हुँदैन । त्यस्ता औषधिको प्रयोगले तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ ।

एलोप्याथिक औषधिको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्त्याउँछ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधिले कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ ।

कब्जियतबाट बच्न सन्तुलित भोजनमा विशेष ध्यान पु-याउनुपर्छ । फलफूलमा मेवा, केरा, स्याउ, आँप, खरबुजालगायत सेवन गर्दा राम्रो हुन्छ । त्यस्तै, किसमिस, बदाम आदिको प्रयोगले पनि कब्जियतमा राहत मिल्छ ।

अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारीको प्रयोग गर्नुपर्छ । गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ । कब्जियत भएमा दही, मही, पानी प्रशस्त पिउने गर्नुपर्छ ।

प्रौढ अवस्थाका यौन जटिलता के–के हुन् ?

पुरुष र स्त्रीबीच यौन सम्बन्धमा आउन सक्ने जटिलताहरू मूलतः तीन कारणबाट आउँछन्– मानसिक, शारीरिक अनि मनोशारीरिक । प्रौढ अवस्था यस्तो उमेर हो जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ । पुरुषभन्दा महिनावारी बन्द हुने बेलाका महिलाहरूको यो उमेर बढी संवेदनशील हुन्छ ।

इस्ट्रोजन हर्मोनमा एक्कासि आउने कमीले यस उमेरमा विभिन्न मानसिक र शारीरिक परिवर्तनहरू आउँछन् । मानसिक परिवर्तनमा डिप्रेसनका लक्षण देखिन सक्छ भने शारीरिक परिवर्तनमा महिनावारी छिटो–ढिलो हुने, कमबेसी हुनेजस्ता गडबडीहरू हुन्छन् । यसबाहेक यौन चाहना भएका बेला योनिमा निस्कने चिप्लो खालको योनिस्राब कम हुँदै गएर ठ्याप्पै बन्द हुन सक्छ जसले गर्दा सम्भोगका बेला हुने लिंग र योनिबीचको सहज घर्षण सम्भव हुन छाड्दछ र यौनसम्पर्कका बेला महिलालाई अप्ठ्यारो हुने मात्र होइन, पीडा पनि हुन सक्छ । यस्तो अप्ठ्यारो वा पीडाले योनिलाई सम्भोगका बेला सजिलो गर्नुको सट्टा मांसपेशीमा संकुचन ल्याएर झन् साँघुरो बनाउन सक्छ । साँघुरो र ओभानो भएको योनिमा यौन आनन्द प्राप्त हुनुको सट्टा पीडा वा अप्ठ्याराका डरले यौन चाहना नै घटेर जान्छ । अर्कातिर मानसिक डिप्रेसन समेत भयो भने त निश्चित रूपमा यौन चाहना घट्ने मात्र होइन, आफ्नो पुरुष साथी वा पतिले माया चाहिँ गरोस्, तर सम्भोग नगरोस् भन्ने मानसिकताको विकास हुन्छ ।

पति वा पुरुष यौनसाथीको भूमिका यस अवस्थाको व्यवस्थापनमा अत्यन्त महवपूर्ण हुन्छ । कतिपय पुरुष योनिबाट चिप्लो स्राब ननिस्कँदा यौन सम्पर्कका बेला हुने आनन्दमा आउने कमीका लागि स्त्रीलाई जिम्मेवार ठान्छन् र स्त्रीले यौन क्रियाकलापमा ध्यान दिन छाडेर हेलचेक्य्राइँ गरेको वा अन्य कसैबाट यौन सन्तुष्टि लिने गरेको अत्यन्त खतनाक भ्रमसम्म पाल्न पुग्छन् । जसले गर्दा आपसी प्रेम भित्रबाट नमरे पनि असमझदारीको बीजारोपण हुन सक्छ । अर्कातिर यस्तो जटिलता स्वाभाविक भएको बुझेका वा पढेलेखेका समझदार पुरुषहरूले स्त्रीलाई पनि यसको कारण बुझाएर आफू यसबाट विचलित नभएको बरु यस अवस्थाको सामना जीवनका प्रत्येक सुखदुःखजस्तै अहिले पनि सँगै गर्न तयार रहेको आश्वासनका साथ अरू बेलाभन्दा झन् सहज रूपमा धैर्यसहित प्रस्तुत हुन्छन् ।
योनि ओभानो भएको अवस्थाका लागि शरीरलाई हानि नगर्ने विशेष किसिमका जेलीहरू बजारमा बिक्री भइरहेका पाइन्छन् । तिनीहरूको विश्वसनीयताको मापन उपभोक्ता स्वयंले प्रयोग गर्दा आफूले गरेको अनुभव र गुणस्तरीय ब्रान्डको हो कि होइन भन्नेबाट गर्नुपर्ने हुन्छ । मानिसको थुक प्राकृतिक र सबैभन्दा भरपर्दो ‘लुब्रिकेन्ट’ अर्थात् चिप्लो पदार्थ हो ।

योनिद्वारमाथि रहेको केराउको दानाजस्तो भगनासा भन्ने अंगमा यस्तो चिप्लो जेली वा थुक लगाएर हलुका मर्दन गर्ने, लामो प्राक्क्रीडा गर्ने र योनिभित्र पनि जेली वा थुकको प्रयोगबाट कृत्रिम चिप्लोपन वा ढिलो भए पनि केही प्राकृतिक चिप्लोपन पैदा गर्ने, स्त्रीसँग प्रेमपूर्ण वार्तालाप खास गरी विगतका मधुर स्मृतिका प्रसंगहरू निकाल्ने र कहिलेकाहीँ स्पष्ट कुराकानी गरी स्त्रीलाई अप्ठ्यारो वा पीडा भएको भए प्रक्क्रीडामा अझ विविधता ल्याई योनिमा लिंग प्रवेश गर्नुको साटो स्तन वा अन्य संवेदनशील अंगमा आपसी सल्लाहले हस्तमैथुनद्वारा भए पनि पुरुषले स्खलन गरेर यस्तो अवस्थाको व्यवस्थापन गरी आफ्नो अप्ठ्यारालाई पुरुषले बुझेको अनुभूति गर्दा स्त्रीमा आफ्नो साथीप्रति कृतज्ञताको भाव बढ्दछ र यौनजीवन पनि सुखद रहिरहन्छ ।

उता पुरुषबाट यस्तो समझदारी र आश्वासन नपाएका नारीहरूको मानसिक अवस्था अर्कै हुन्छ । उनीहरू आफ्नो यौनेच्छा र यौन व्यवहारमा आएको यस हठात् परिवर्तनबाट किंकर्तव्यविमूढमात्र होइन, कुण्ठा एवं ग्लानिबाट ग्रस्त हुन पुग्छन् । ’cause, नारीको सबैभन्दा प्रिय चिज उसको घर हो । अनि, नारीलाई राम्रोसँग थाहा हुन्छ, यौनेच्छाको भोक शान्त पार्न नपाएको पुरुषबाट कुनै पनि बेला यस्तो काम हुन सक्छ, जसबाट घरको मर्यादा र गरिमा भंग हुन्छ । यस्तो त्रासबाट ग्रस्त नारीले कुनै यस्तो अकल्पनीय पाइला चाल्न सक्छिन्, जसले उनका अन्य सबै उपलब्धिलाई क्षतविक्षत पारेर भए पनि उनको घरको मर्यादा कायम राख्छ भन्ने विश्वास होस्, चाहे त्यो तात्कालिक विश्वास उनको जतिसुकै ठूलो भ्रम किन नहोस् ।

Source:https://shukrabar.nagariknetwork.com/news/46

Myagdi Declared A Literate District

Myagdi district has been declared a ‘literate district’ on Monday. The district was provided the status of a literate district after 96.27 percent of the total population between 15 to 60 years of age achieved the required literacy. 
Member of the federal parliament from the district, Bhupendra Bahadur Thapa, made this announcement at a programme jointly organized by the District Non-formal Education Committee and the District Education Office here on Monday.

A rally was organized around Beni Bazaar participated by the stakeholders and locals before the programme, where Thapa shared that the district was declared literate as per international standards and that this achievement would send positive messages to all sectors in the district.

The whole district was declared literate after all 45 wards and six local levels of the district met the criteria to become literate. He also added that continuity would be given to the literacy programme to utilize the knowledge gained by the literate and to extend literacy to those who are not literate yet, Coordinator of District Non-formal Education Committee and Chief of District Coordination Committee Devendra Bahadur KC was quoted as saying in Rashtriya Samachar Samiti.

With this, Myagdi has become the 39th district in the country to obtain the ‘literate district’ status. On the occasion, the Centre for Non-formal Education under the Ministry of Education presented a certificate to the District Education Office, Myagdi for its success in meeting the criteria of a ‘literate district’.

A household survey conducted by the District Education Office found that 79,739 people out of the total population of 82,826 of the 16-60 years age group had achieved the literacy standard required for the district to be declared as a literate district.

Technical Subject To Be Incorporated In School

Minister for Education, Science, and Technology Giriraj Mani Pokharel has asserted that technical subjects would be incorporated compulsorily in the secondary level school curriculum from the next academic year.

Addressing the Dashain, Tihar, Chhat, Nepal Sambat and Eid greetings exchange programme organized by the Adharshila family at Bardibas on Tuesday, Minister Pokharel reiterated that subjects such as Ayurveda, yoga, agriculture, veterinary science, and forestry would be included in the secondary level education.

Present at the event were Nepal Communist Party (NCP) standing committee member and Province 2 Incharge Satya Narayan Mandal, Deputy Incharge Bishwanath Shah, province assembly members Sharada Thapa and Bharat Prasad Shah, among others.

Source: Himalayan Times

हिमपातले मनाङमा सास्ती

केही दिनको घमाइलोपछि बिहीबार एक्कासी हिमपात हुँदा हिमाली जिल्ला मनाङको जनजीवन कष्टकर बनेको छ । बुधबार रातिदेखि प्राय: सबै ठाउँमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । यसअघि हिमपातमात्रै भएकोमा बिहीबार चामेदेखि तल्लो क्षेत्रमा हावाहुरीसँगै पानीसमेत परेको स्थानीयले बताएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार यसअघिको हिउँ करिब १ फिट बाँकी रहँदा पुन: बिहीबार १ फिट बढी हिमपात भएको छ ।

मनाङमा १० दिन लगातारजसो हिमपात भएर करिब ४ दिन रोकिएको थियो । हिमपातका कारण चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक बाटोमै रोकिएका स्थानीयले बताएका छन् । माथिल्लो मनाङ कटेर थोराङला पास हुँदै मुस्ताङ जान नसकेको गुरुङले बताए । सशस्त्र प्रहरी बल ३२ नं. गुल्म चामे मनाङका प्रहरी डीएसपी निलकमल आचार्यले हिमपातका कारण सुरक्षाकर्मीसमेत बाहिर निस्कन नसकेको बताए । ‘रातिदेखि हिमपात भइरहेको छ । घरी हावाहुरीसँगै पानी परिरहेको छ’ उनले भने ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार हिमपातसँगै पानी, पानी सँगैको हिमपातले जनजीवन कष्टकर बनेको छ । यसअघि बजारसम्म खुवाइएको बाटो पनि बुधबार राति र बिहीबारको हिमपातले पुरिदिएको छ । अत्यधिक चिसोले बिहानपख तापक्रम माइनस १५ डिग्री सेन्टीग्रेटसम्म झरेको थियो । राति माइनस २० डिग्री सेन्टीग्रेटमा झरेको उनले बताए । लमजुङको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । बेंसीसहरलगायत सहरबजारमा रातिदेखि नै पानी परिरहेकाले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।